२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अर्घाखाँचीमा कृषि मेला सम्पन्न, २३ जना कृषक सम्मानित


52
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा १ दिने कृषि मेला सम्पन्न भएको छ ।

साेही मेलामा कृषकहरुले उत्पादन गरेका कफी, पिंडालु, सिमी, रायो, टमाटर, उखु, अमला, बन्दागोपी, बेसार, फर्सी र मकै राखिएकाे थियाे । कृषि वाणिज्य संघको आयोजनमा मेलाकाे आयाेजना गरिएकाे हाे । कृषि ज्ञान केन्द्र अर्घाखाँची कार्यालयले समेत मेलामा समन्वय गरेकाे थियाे । मेलामा २३ जना कृषकहरूलाई नगदसहित सम्मान गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी महेन्द्र ओझाले बताउनुभयो ।

मेलामा अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक कफीको स्वाद चखाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १ हजार बढीलाई निःशुल्क कफी खुवाएको छ । जिल्लामा वार्षिक १५ मेट्रिक टन कफी उत्पादन हुने गर्दछ। उत्पादन भएको कफी विदेशका विभिन्न देशमा बिक्री भइरहेको छ ।

तर जिल्लामा बिक्री कम भएपछि अर्गानिक कफीको प्रचारप्रसार गर्न कफी खुवाउन कफी स्टल मेलामा राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका जिल्ला संयोजक रामनाथ पाण्डे बताउनुभयो ।