१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पोखरा विमान दुर्घटना: निधन भएका ४६ शव काठमाडौं ल्याइयो


117
Shares

काठमाडौं । गत आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा निधन भएका ४६ जनाको शव काठमाडौं ल्याइएको छ ।

पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो । दुर्घटनामा निधन भएका २४ जनाको शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएकाे छ ।

त्यस मध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई बुझाइएकाे अस्पतालले जनाएको छ ।