१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सूचना तथा प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछु : नवनियुक्त शर्मा


208
Shares

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको हो ।

उहाँले सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताउनुभयो । उहाँले सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै कामहरु प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने उल्लेख गर्नुभयो ।

उहाँले सार्वजनिक संस्थानहरुमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसक्दा समस्या परेको भन्दै ति सबैलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार प्रविधिको विकासलाई अर्थतन्त्रले धान्न सक्नेजति अगाडि बढाउने पनि स्पष्ट पार्नुभयो ।