
काठमाडौं । लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँण निर्विरोध निर्वाचित हुनुभएको छ ।
कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनोनयन दर्ता गरेकाहरु नै सभामुख र उपसभामुख निर्वाचित भएका हुन् ।
प्रदेश सभाको मंगलबारको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एक/एक जनाको उम्मेदवारी कायम भएकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्