१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक, बिहीबार मतदान


455
Shares

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन गर्न संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने छ । एक जनाभन्दा बढीको उम्मेदवारी परेमा सभामुख चयन गर्न बिहीबार मतदान हुने छ ।

सत्तारूढ गठबन्धनको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ । सत्ता गठबन्धनमा एकजुट हुँदा गठबन्धनका उम्मेदवारको पक्षमा सजिलै बहुमत पुग्ने देखिन्छ ।

सभामुख बन्ने दौडमा एमाले सांसदहरू पृथ्वीसुब्बा गुरूङ, विद्या भट्टराई, छविलाल विश्वकर्मा र देवराज घिमिरे रहेको समाचार यसअघि सार्वज्निक भएका थिए ।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई सभामुख छान्ने अधिकार दिइएको छ ।