१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त


208
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत प्राप्त भएको छ ।

हेटौंडामा मंगलबार बसेको प्रदेश सभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

उहाँको पक्षमा संसदमा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए । विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले मतदान गरे ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । उहाँको विपक्षमा नेपाल मजदुर किसान पार्टीका ३ सांसदले मतदान गरेका छन् ।

विश्वासको मत प्राप्त गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री जमकट्टेलले संसदमा सहभागी अधिकांश दलले मत दिएको र सबै दलको विश्वासले खण्डित नगर्ने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले ७ मध्ये ६ दलबाट विश्वासको मत आउनुले नयाँ सन्देश प्रवाह भएको र जनताको सेवामा आफू काम गर्ने बताउनुभयो ।

मुख्यमन्त्री जमकट्टेलले वागमती प्रदेश सरकारले जनताको चाहनाअनुसार पूर्ण रुपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्ने बताउनुभयो ।