
धनकुटा । धनकुटाबाट वैदेशिक रोजगारीमा जानेको संख्या एक वर्षमा चार गुणाले बढेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीका लागि धनकुटाका ४ सय ८३ जनाले श्रम स्वीकृति लिएका थिए ।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा श्रम स्वीकृति लिनेको संख्या बढेर २ हजार १ सय ८८ पुगेको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ ।
यीमध्ये अधिकाशंले मलेसिया, कतार, बहराइन, साउदी अरबजस्ता मुलुकका लागि श्रम स्वीकृति लिएका छन् । पछिल्लो दश वर्षमा धनकुटाका झण्डै ४७ हजारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
विगत एक दशकको अवधिमा धनकुटाबाट वैदेशिक रोजगारीमा गएकामध्ये १८ जनाले रोजगारीका क्रममा ज्यानसमेत गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्