६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


टिभिएसलाई उत्कृष्ट फिचर तथा कम्युटर अवार्ड


39
Shares

काठमाडौं । टिभिएस उत्कृष्ट फिचरलगायत अवार्डबाट पुरस्कृत भएको छ ।

हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको हो ।

गत वर्ष पनि रेडरले टेकलेखमा अरु धेरै पुरस्कार जितेको कम्पनीले जनाएको छ ।

टेकलेखले जारी गरेको विज्ञप्ति अनुसार रेडरमा भएका सुधारहरुको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो ।

रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरका कारण पुरस्कृत भएको टेकलेखले जनाएको छ ।