
सिन्धुली । मदन भण्डारी राजमार्ग स्थित कमलामाई नगरपालिका-९ को एक यात्रु प्रतिक्षालयमा यात्रु वर्गलाई लक्षित गरी मिनि पुस्तकालय सञ्चालन गरिएको छ ।
नव बथानचौडी युवा क्लबले यात्रु प्रतिक्षालयमा मिनि पुस्तकालय स्थापना गरेको हो ।
सो क्लबका सदस्य टंक विकको सहयोगमा बथान चौडी (शिवमन्दिर) यात्रु प्रतिक्षालयमा मिनि पुस्तकालय स्थापना गरिएको हाे ।
सो क्लबले मिनी पुस्तकालयका लागि पुस्तक सहयोग गर्ने शान्ति प्रसाद चौलागाई, उदव बराल, रुपक बुढाथोकी, जनजागृति मा.वि.का शिक्षक गुणराज पौडेल लगायतलाई धन्यवाद ज्ञापन समेत दिइएको जनाइएको छ ।
प्रतिक्षालयस्थित सो पुस्तकालयमा झण्डै दुई सय भन्दा बढि पुस्तकहरु राखिएको छ । सार्वजनिक सवारीका साधनहरुको प्रतिक्षामा रहने यात्रुका लागि लक्षित गरी पुस्तक अध्ययन गर्नु राम्रो माध्यम हुने भएकाले सो मिनी पुस्तकालय स्थापना गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्