१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुखको उम्मेदवारीका लागि कांग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने


312
Shares

काठमाडौं । नेपाली कांग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुख निर्वाचनमा लाग्ने बताएको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सभामुखको लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यो बीचमा अन्य दलहरुसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको कांग्रेस प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरू चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको पनि बताउनुभयो ।

उहाँले बैठकमा सर्वदलीय बैठकमा भएका कुराहरूका बारेमा उपस्थित नेताहरूले बैठकमा जानकारी गराएको र अन्य दलहरूसँगको छलफलबाट निस्कर्ष आएपछि कांग्रेसले दलहरूसँग गरेको सहमतिका आधारमा सभामुखको लागि उम्मेदवारी दिने बताउनुभयो ।

प्रवक्ता महतले कांग्रेस समझदारीबाट भए समझदारीकै रुपमा अघि बढ्ने र समझदारीबाट नभए पनि उम्मेदवारी दिने पक्षमा रहेको बताउनुभयो ।