
काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा दुईपक्षीय दौत्य सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उहाँहरूबीच दुई देशबीच रहेको पुरानो सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्