२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जित्नेमा विश्वस्त छु : उम्मेदवार न्यौपाने


481
Shares

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गर्नुभएको छ ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

उहाँले निर्वाचन अघिसम्म आफू कांग्रेसको नेता भए पनि सभामुख बनेपछि सबैको सभामुखको रुपमा काम गर्ने बताउनुभयो । उहाँले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसदप्रति न्याय गर्ने बताउनुभयो ।