२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ईश्वरी न्यौपाने संसद सम्हाल्न सक्ने हुनुहुन्छ : महामन्त्री शर्मा


169
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले विश्वप्रकाश शर्मा कांग्रेसबाट सभामुख पदको उम्मेदवार बन्नुभएकी सांसद ईश्वरी न्यौपाने वर्तमान संसदको सभामुखका लागि योग्य व्यक्ति भएको बताउनुभएको छ ।

बुधबार कांग्रेसबाट प्रतिनिधि सभा सभामुखको उम्मेदवारीका लागि प्रस्तावकको रुपमा संसद भवन पुग्नुभएका महामन्त्री शर्माले अहिलेको संसदका लागि उम्मेदवार न्यौपाने सबै किसिमबाट योग्य व्यक्ति भएको दाबी गर्नुभएको हो ।

उहाँले कांग्रेसले कुनै बेला अन्य दलका उम्मेदवारहरुलाई पनि सभामुखका लागि मतदान गरेको उल्लेख गर्दै यस पटक कांग्रेसबाट उम्मेदवार बन्नुभएकी न्यौपानेलाई अन्य दलहरुले सभामुखमा जिताउनुपर्ने बताउनुभयो । उहाँले सभामुखकी उम्मेदवार न्यौपानेमा सालिनता र सक्षमता दुवै भएकाले सभामुखमा जिताउँदा देशले पुनः एकपटक महिला सभामुखका साथै सुसुचित, सक्षम अनुभवी सभामुख प्राप्त गर्ने बताउनुभयो ।

महामन्त्री शर्माले मन्त्रालयको कुनै पनि भागबण्डामा कांग्रेस सहभागी नबन्ने स्पष्ट पार्नुभयो । उहाँले काँग्रेस प्रमुख प्रतिपक्षी भएर जिम्मेवार रुपमा अघि बढ्ने बताउनुभयो ।