
काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारसमक्ष उद्योगमैत्री वातावरण बनाउन माग गरेको छ ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले बुधबार नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी बधाई तथा शुभकामना दिंदै यस्तो आग्रह गरेको हो ।
अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता कारणले उद्योगी-व्यवसायीको मनोवल निकै खस्किएको बेला मनोवल बढाउन र चुनौतिपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गर्नुभयो ।
उहाँले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गरी रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगिकीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्