
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहिबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहालकाे सरकारी निवास बालुवाटारमा बिहिबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र नेता पौडेलकाबीच बिहिबार हुन लागेकाे सभामुख पदकाे निर्वाचनको बारेमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएकाे छ ।
सभामुख पदकाे निर्वाचन बिहिबार बिहान ११ बजे हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्