१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छथर गाउँपालिकामा ९ विद्यालयमा बाल अधिकार संरक्षण परियोजना सञ्चालन हुने


455
Shares

तेह्रथुम । तेह्रथुममा ६ वटा पालिकाहरू रहेका छन् ।

जसमध्ये छथर गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरुमा बाल अधिकार संरक्षणका लागि ऐक्यवद्धता परियोजना सञ्चालन हुने भएकाे हाे । मानव अधिकार मञ्च इलामको आयोजना देउराली सोसाईटी तेह्रथुमको स्थानीय सहजीकरण र किन्डरमिसनरेकको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुने भएको हो । विद्यालयमा रहेका बाल क्लबहरुलाई क्रियाशील बनाउँदै क्षमता विकास लगायतका कार्यक्रमहरु सञ्चालन हुने भएका छन् ।

सोसाईटीले गाउँपालिकामा विगत ३ वर्षदेखि बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ । यस वर्ष भने गाउँपालिकाको ९ वटा माध्यिमक विद्यालयहरुमा कार्यक्रम सञ्चालन हुने सोसाईटीका कार्यक्रम निर्देशक कपिलदेव सिंघकले बताउनुभयो । परियोजनाले सबै प्रकारका बालबालिकाहरुको तथ्यांक संकलन गर्ने बाल सञ्जालहरुलाई सूचीकृत गर्ने भहभागिता मुलक रुपमा बालबालिका योजना तर्जुमा कार्यन्वयन गर्ने भएको जनाएको छ । त्यस्तै समुदाय विद्यालय र सार्वजानिक निकायमा सहभागिताको अधिकारको व्यवस्था गर्ने लगायतका काम गर्ने भएको छ ।

बालबालिकाको सर्वाेतम हित कायम गर्ने बालअधिकार सम्बधी अन्तर्राष्ट्रिय महासन्धी नेपालको कानून र स्थानीय सरकार ऐनको कार्यन्वयन गर्नै गाउँपालिकाको दिर्घकालीन सोच रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका सरिता राजभण्डारीले बताउनुभयो ।

बालबालिका अधिकार सम्बन्धी स्थानीय सरकारले विभिन्न अभिमुखीकरण कार्यशाला लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । आगामी नयाँ समाज निमार्णका लागि बालअधिकार सुनिश्चित गरेर अघि बढ्नु हाम्रो जिम्मेवारी भएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।

परियोजनाले बालबालिका डेस्क स्थापना स्थानीय सरकार र बाल सञ्जालबीच समन्वय र सहकार्य गर्न गठन नभएका बाल क्लब र सञ्जालहरु भेलाबाट गठन गर्ने भएको छ । कार्यक्रम सञ्चालनसँगै बाल अधिकार संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।