
काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित हुनुभएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
घिमिरेले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भएर कार्यसम्पादनमा लाग्ने बताउनुभयो । उहाँले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको हो । कांग्रेसको तर्फबाट उम्मेदवार रहनुभएकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्