१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सबै एकजुट हुनुपर्छ : स्वास्थ्यमन्त्री गिरी


195
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायहरु एकतावद्ध भएर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

बिहीबार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गिरीले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको भन्दै वास्थ्य सेवाको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले उपचार नपाएर मर्नुपर्ने बाध्यतालाई हटाउन सक्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य सेवाको पहुँच विस्तार गरी गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालयले आवश्यक नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सरकारी अस्पतालमा ल्याबमा हुने उपकरणहरु चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै यस्ता कुराहरु हटाएर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिनुभयो ।

मन्त्री गिरीले जनशक्तिको अभावलाई आवश्यक बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा लाग्ने पनि बताउनुभयो ।