२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


म्याग्दीकाे लभ्लीहिलमा हावाबाट बिजुली उत्पादन


182
Shares

म्याग्दी । म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका-२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी उर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो। काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल उइन टर्वाइन गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो ।

म्याग्दी उर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठका अनुसार करिब ३ महिनादेखिको निरन्तरकाे प्रयासपछि स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सफल भएकाे हाे । ७ वटा बल्ब बाल्न सक्ने क्षमता भएपनि अहिले ४ वटा बल्ब मात्र बाल्न सकिएको उहाँले बताउनुभयाे ।

विद्युत सेवा उपलव्ध भएपछि लभ्लीहिल आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।