
धनकुटा । धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं ५ औं धनकुटा महोत्सव शुक्रबारबाट सुरू हुँदैछ ।
‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योग र व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ हुन लागेको महोत्सवको आयाेजना हुने भएकाे हाे। साेही महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने आयोजकले जनाएकाे छ । यदि प्रधानमन्त्री दाहाल नआएकाे खण्डमा भूमी व्यावस्था तथा सहकारी एवं गरीबी निवारण मन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटनका गर्ने जनाइएको छ ।
साेही महोत्सवले धनकुटासहित प्रदेश-१ कै कृषि, ऐतिहासिक, संस्कृतिक परम्परा तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा प्रवर्द्धन साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण अन्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयाे ।
साेही महोत्सव यहि माघ ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्