२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


किवी खेतीबाट डडेल्धुराका कृषक लाखाैं आम्दानी गर्न सफल


195
Shares

डडेल्धुरा । डडेल्धुराका कृषकहरुले किवी फल बिक्री गरेर वार्षिक लाखौं रकम आम्दानी गर्न सफल भएका छन ।

मुटु रोग, उच्च रक्तचाप घटाउने, पाञ्चन प्रणाली सहज, शारीरिक तौल घटने, छाला रोग हट्ने, आँखाको दृष्टि बढाउने, क्यान्सर रोग न्यूनिकरण र चिसोपनामा कमी लगायत गर्भवती महिलालाई समेत स्वास्थ्यमा भएका प्रतिकूल समस्याहरुलाई राहत र समाधान गर्ने महत्वपूर्ण फको रुपमा मानिएको भाले र पोथी जातका किवी फल जिल्लाका गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यवसायिक किवी खेती हुन थालेको छ ।

अमरगढी नपागरपालिका- १ काे दहका अगुवा कृषक गणेशबहादुर ऐरले ३० लाख बराबरको लगानीमा १० रोपनीमा किवी खेती गरी वार्षिक ४० क्वीन्टल किवी फलको उत्पादन लिएर दशौं लाख रूपैयाँकाे आम्दानी गर्नुभएकाे छ । अन्य ठाउँका कृषकहरुले पनि व्यवसायिक खेतीबाट मनग्गे आम्दानी गरेका छन् । पहाडी भूगोलको किवी बढी गुणस्तरीय भएकोले डडेल्धुराको किवी तराई र काठमाडाैंसम्म निर्यात गर्न सफल भएपनि भण्डारणको अभावमा जिल्लाका करिब ६० जना किवी कृषकहरु मर्कामा परेको कृषक ऐरले बताउनुभयाे ।

जिल्लामा एउटा मात्र शित भण्डार छ त्यो पनि कहिले आलुले ठाउँ नपुग्ने भएकाले किवी फल भण्डारणमा समस्या भएको शित भण्डार कार्यालयले जनाएकाे छ । डडेल्धुराबाट उत्पादन हुने किवी फलको बजार खुद्रा मूल्य सुरुमा ५ सय रहेपनि उत्पादन वृद्धि हुँदै गएपछि अहिले २ सय ५०देखि ३ सय रूपैयाँसम्म भएको कृषक बेद प्रकाश भट्टले बताउनुभयाे ।

चिसो मौसममा उत्पादन हुने किवी फल बेमौसममा पनि उपभोक्तालाई बजारमा उपलब्ध हुने गरी व्यवसायिक खेती प्रवर्द्धन, उत्पादन र व्यवस्थापन गर्न जिल्लाका सरोकारवाला निकायको ध्यान जान जरूरी छ ।