
काठमाडौं । धरानमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने एक जना गम्भीर घाइते भएकी छन् ।
धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छन् ।
स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नो घरको भान्सामा बुढाथोकीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । बुढाथोकीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथि पनि खुकुरी प्रहार गर्न थालेपछि मञ्जु बारीतिर भागेको र अरु स्थानीयले हर्कबहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
गम्भीर घाइते अवस्थाकी मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ ।
हत्या गरिएका बुढाथोकीको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्