
कपिलवस्तु । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा संचालन भएकाे नेपाल भारत मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि कोटिया टिमले जितेको छ।
युवा अमन सामाजिक विकास केन्द्रले याे प्रतियोगिताको संचालन गरेकाे हाे । बहादुरगंज खेल मैदानमा भएको फाइनल खेलमा बहादुगंज टिमलाई ७८ रनका विरुद्ध ३ विकेटले कोटिया टिमले जित हासिल गरेको हो । विजेता टिमलाई बधाई दिदै कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले खेलले व्यक्तिलाई सदैव स्वास्थ राख्दै अनुशासनमा कटिबद्ध गराउने बताउनुभयो ।

खेलकुद प्रतियोगिताले खेलाडीबीच अनुशासित र मित्रवत व्यवहारमा समेत परिर्वतन गर्ने नगरप्रमुख शाहले बताउनुभयो । उहाँले आफू पनि युवा अवस्थामा खेलाडी भएकाले खेल र खेलाडीको महत्व बोध भएको बताउनुभयाे । बहादुरगंजको खेल मैदानलाई अझै व्यवस्थित बनाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने उहाँले बताउनुभयो ।
युवा क्लबले मैदानलाई व्यवस्थापन गरे नगरपालिकाबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता उहाँकाे भनाइ छ । उप विजेता बहादुरगंज टिमलाई पनि उत्कृष्ट प्रर्दशन गरेको भन्दै उहाँले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान गर्नुभयो ।
बहादुरगंज खेल मैदानमा भएको नेपाल भारत मैत्री पूर्ण खेलको समापन सत्रमा नेपाल समाजवादी पार्टीका कपिलवस्तुका जिल्ला अध्यक्ष रामनिवास पुरी र कृष्णनगर नगरपालिका योजना शाखाका प्रमुख शाकिर अहमद खाँ लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्