
काठमाडौं । प्रदेश नम्बर–१ इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै प्रदेश–१ उपाधि नजिक पुगेको हो ।
अब प्रदेश–१ ले उपाधिका लागि सुदुरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल शनिबार हुने छ । एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश–१ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । प्रदेश–१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडिन । एपीएफका नेरी थापाले १ विकेट लिईन् । त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १३ ओभर ४ बलमा अलआउट हुँदै ४५ रन जोडेको थियो ।
एपीएफका लागि कप्तान सिता राना मगरले सर्वाधिक १० रन जोडिन् । एपीएफलाई सस्तैमा समेट्न प्रदेश–१ की संगीता राई र एलिशा खडियाले ३/३ विकेट लिईन् । सबनम राईले २ विकेट हात पारिन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्