
काठमाडौं । परिवारसँगको रिसका कारण रौतहटमा ९ वर्षीय बालकको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रौतहटको माधवनारायण नगरपालिका–८ पिपरा रजवाडाका ३३ वर्षीय जयराम महतो कोइरी र सोही ठाउँका ३७ वर्षीय सञ्जय राम छन् ।
गत मंसिर २५ गते सोही ठाउँका जयकिशोरप्रसाद कुशवाहका ९ वर्षीय छोरा आसनारायण प्रसाद आफ्नै घरबाट वेपत्ता भएका थिए । खोजी गर्ने क्रमम झण्डै एक सातापछि पुस १ मा उनको शव माधवनारायण-८ कै बागमती नदीमा भेटिएको थियो ।
शव भेटिएपछि हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान गरेको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । हत्याको कारण पुरानो रिसइबी र बालकको परिवारसँगको दुश्मनी रहेको पाइएको छ । घटनाका दिन बालकलाई देखेपछि जयरामले सञ्जयसँंग सल्लाह गरेर बदला लिने योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।
जयराम र सञ्जयले आशनारायणका हात-खुट्टा समातेर मुख थुनेपछि सोही स्थानमा रहेको छाप्रोभित्र लगेर गम्छा र कपडाले हात-खुट्टा बाँधेर बालकको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
हत्या गरिसकेपछि उनीहरुले सोही छाप्रोमा त्रिपालले छोपी लाश लुकाएकाृ प्रहरीले जनाएको छ । मंसिर २६ गते राति अन्दाजी १२ बजे उनीहरुले उक्त लाश निकाली बोरामा राखेर करिब १ किलोमिटर टाढाको खेतको परालमा लुकाएको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्