५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


संशोधन सरकारलाई सहज बनाउन होइन : गभर्नर अधिकारी


260
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक वित्तीय स्थायित्वका लागि अडिग रहेको बताउनुभएको छ ।

केन्द्रीय बैंक वित्तीय क्षेत्रको नियमनमा लचिलो नबनेको दाबी गर्नुभयो । बैंकिङ प्रणालीमा विद्यमान विकृति रोक्न अनिवार्य रहेको चालुपुँजी कर्जा मार्गदर्शनमा गरिएको संशोधन सरकारलाई सहज बनाउन नभै वित्तिय क्षेत्रका आवश्यकता अनुसार गरिएको उहाँको दाबी छ ।

यसमा अघिल्लो सरकार हुँदादेखि नै बैंक तथा निजी क्षेत्रसँग लिखित सुझाव माग गरिंदै आएको र सोही अनुसार समेटिएको उहाँले स्पष्ट पार्नुभयो । लागू भएको विषय पर नसारिएको गभर्नर अधिकारीले बताउनुभयो ।

अघिल्लो वर्षको जस्तो मुलुकको आर्थिक वृद्धि हुने अवस्था नदेखिए पनि ५ प्रतिशतको हाराहारीमा भने आर्थिक वृृद्धि संभव हुन सक्ने गभर्नर अधिकारीले विश्वास व्यक्त गर्नुभयो । गत असोजबाट विदेशी मुद्रा सञ्चिति सकारात्मक रहेको र बजारमा तरलता समस्या कम हुँदै गएसँगै ब्याजदर कम हुँदै आएको उहाँको जिकिर छ ।

मुलुकको समग्र अर्थतन्त्र सन्तुलित, व्यवस्थित र दिगोपन सहितको अर्थतन्त्र कायम गर्ने सन्दर्भमा नेपालको अर्थतन्त्र जहिले पनि चुनौतिपूर्ण रहेको छ । अर्थतन्त्र धेरै हदसम्म विदेशबाट आउने रेमिट्यान्समा निर्भर छ ।

मर्जरले कुनै एउटा निश्चित बैंकमा सीमित व्यवसायी घरनाको कन्ट्रोल घटेर गएको उहाँको दाबी छ । यसबाट सुशासन कायम गर्न सहयोग पुग्नुका साथै बैंकहरुको पुँजी क्षमता स्वतः बढ्दै जानु सकारात्मक भएको उहाँको ठहर छ ।