१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


किसानलाई बर्ड फ्लूबाट भएको क्षतिपूर्ति दिने: मन्त्री साह


91
Shares

काठमाडाैं । कृषि तथा पशुुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले गरीबी समुदायको बालबालिकाहरुको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको बताउनुभयो । उहाँले बालबालिकाको उमेर अनुसार समग्र विकासमा सन्तुलित आहारको आवश्यक्ता भएपनि आवश्यक प्रोटिनको उपलब्धता नहुँदा विभिन्न रोगहरुको शिकार भइरहेको बताउनुभयो ।

उहाँले कृषि मन्त्रालय खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो । उहाँले किसानहरुले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्ड फ्लूबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको बताउनु भयो । उहाँले बर्ड फ्लूबाट भएको क्षतिअनुसार क्षतिपूर्ति दिन मन्त्रालय तयारी गरिरहेको पनि बताउनुभयो ।

मन्त्री साहले कृषि तथा पशुजन्य उत्पादनहरु बढाइ कृषिमा आत्मनिर्भर हुन लागिपरेको बताउनु भयो ।