
काठमाडाैं । भुक्तानी सन्तुलन कायम राख्न र नेपालको व्यापार घाटा नियन्त्रणका लागि रेमिट्यान्सको योगदान महत्वपूर्ण मानिन्छ । नेपालको व्यापार घाटा डरलाग्दो रूपमा उच्च छ ।
वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले मुलुकको भुक्तानी सन्तुलन कायम राख्न मद्दत गरिरहेको छ । व्यापार घाटा व्यवस्थापन गर्न रेमिट्यान्सको योगदान ५९ प्रतिशत रहेको देखाएको छ, जुन एक महत्वपूर्ण रकम हो । तर, यसले विदेशीने युवाको जोखिम बढाएको त छ नै अर्कोतिर नेपालमै रोजगारी तथा अध्ययनतर्फ सरकारको ध्यान भने पटक्कै देखिएको छैन् ।
आर्थिक बर्ष २०७८ ÷७९ को पुस मसान्तसम्म विप्रेषण आप्रवाहमा उल्लेख्य बृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड पुगेको छ । कोभिड महामारीको कारण वैदेशिक रोजगारीमा भएको असन्तुलनले न्यून मात्रामा भित्रिएको रेमिन्ट्यान्समा क्रमिक सुधार भएकोछ । तर अनौपचारिक र अवैधानिक मार्गबाट भित्रिने गरेको रेमिन्ट्यान्स औपचारिक अर्थात बैंकिङ प्रणालीमार्फत भित्र्याएर पूँजी बृद्धि गर्ने कार्य भने चुनौतीपूर्ण रहेको त छ नै तर नेपालको श्रम मात्र बाहिर जाने कारण स्वदेशमा उत्पादनमा ह्रास आउने कारण जोखिम बढ्ने हुँदा सजग रहन अर्थविद्ले सुझाव दिएका छन् ।
अघिल्लो आर्थिक वर्ष देशको व्यापार घाटा करिब १४ अर्ब अमेरिकी डलर अर्थात १९ खर्ब बरारको रहेकोमा त्यसमध्ये विप्रेषणले करिब ८ अर्ब अमेरिकी डलरको व्यवस्थापन गर्न मद्दत गरेको थियो । नेपालले आर्थिक वर्ष २०७६ ७७ मा मात्रै करिब १५ अर्ब अमेरिकी डलरको पेट्रोलियम पदार्थ लगायतका विभिन्न वस्तु आयात गरेको छ भने १ अर्ब ६ करोड अमेरिकी डलरको उत्पादन तथा सेवा निकासी गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका रहेको रेमिन्ट्यान्समा रमाइरहँदा देश दुर्घटनातर्फ धकेलिने भएकाले नेपालको प्रविधि, शिक्षा, सीप र विकासको नीति सुधारको आवश्यकता रहेको छ ।
कूल गार्हस्थ्य उत्पादनको अनुपातमा विप्रेषण पनि योजनाको लक्ष्य पछ्याउदै आर्थिक बर्ष २०७६ ÷७७ मा २२ दशमलव ५ प्रतिशत र आर्थिक बर्ष २०७७ ७८ मा २२ दशमलव ४७ प्रतिशतले विप्रेषण आप्रवाह बृद्धि भएको तथ्यांक नेपाल राष्ट्र बैंक संग रहेको छ । राष्ट्रिय योजना आयोगको पन्ध्रौं योजनामा ५५ खर्ब ९२ अर्ब विप्रेषण आप्रवाह भित्रिने अपेक्षा रहेकोमा तीन आर्थिक बर्षमा २८ दशमलव ४३ खर्ब प्राप्त भइसकेको छ । उत्पादनलाई उद्योगमा परिणत गरेमा नेपालमै रोजगारको सिर्जना भई देश परनिर्भर हुन र नेपाली युवालाई उत्पादनमुखी बनाउन सहयोग पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्