३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


आंशिक बदली


78
Shares

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आइतबार बिहान प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहेको छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने प्रदेश-१ का पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार राति भने बागमती प्रदेश र मधेश प्रदेश लगायत प्रदेश-१ का पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।