१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘संखुवासभाका सफल व्यक्तित्वहरु’ नामक पुस्तक लोकार्पण


806
Shares

काठमाडौं । संखुवासभाका सफल व्यक्तित्वहरु नामक पुस्तकको आईतवार काठमाडौमा लोकापर्ण गरीएको छ ।

एक कार्यक्रमकाबीच बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस्तकको लोकापर्ण गर्दे पुस्तक ऐतिहासिक हुने बिश्वास व्यक्त गर्नुभयो । नेपालको बिकासमा पहिलो स्थान र भूमिका निर्वाह गर्नु हुने व्यक्तिहरुको छुट्टा छुट्टै अनुभव र दक्षता एउटै पुस्तकमा समेटीएकाले पुस्तक पठनीय र ऐतिहाँसिक हुने पनि बताउनुभयो । उहाँले पुस्तकमा समेटीनु भएका व्यक्तिहरु संखुवासभाको मात्र नभई सिंगो नेपाल र अन्तर्राष्ट्रिय छबी बनाउन सफल व्यक्तिहरु भएको टिप्पणी गर्नुभयो ।

प्रमुख शर्माले ज्ञान, अनुभव, अनुभूति र दृष्टिकोण नयाँ पुस्ताकालागि पनि पुस्तक मार्गदर्शक बन्ने बिश्वास व्यक्त गर्नुभयो । पाठक धारा टोल विकास संस्था संखुवासभाले प्रकाशन गरेको पुस्तकमा बिभिन्न बिधामा उच्चता हासिल गरेका संखुवासभाका ३१ जना व्यक्तिहरुको जीवनी र दृष्टिकोण समेटिएको छ ।

कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले पुस्तकमा सम्मिलित व्यक्तिहरुले नेपालको विकास र प्रशासनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । भीमबहादुर कट्टेल संयोजक रहेको सम्पादक मण्डलले सम्पादन गरेको पुस्तकले समृद्ध संखुवासभा मात्र नभई देशलाई नै समृद्धितर्फ डोहो¥याउन सक्ने व्यक्तिहरुको आलेख छ ।