२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


ठोस नीतिगत व्यवस्थासहित रेमिट्यान्सलाई व्यवस्थित गर्ने अर्थमन्त्री पौडेलको प्रतिवद्धता


52
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानूनी सुधारका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्ज अमेरिकाले गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अनुकुल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताउनुभएको हो ।

रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा अबैधानिक च्यानलबाट भित्रिरहेको भन्दै वैधानिक च्यानलबाट भित्राउनका लागि लिनु पर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका लागि सरकार तयार रहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

गैरआवासीय नेपालीले उठाएका नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै उपप्रधानमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्ति सम्बन्धी संवेधानिक व्यवस्था कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

यस व्यवस्थासँगै नेपालमा लगानी गर्न थप अनुकुल परिस्थिति सिर्जना हुने पनि उहाँको विश्वास छ । वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐेनले गैरआवासीय नेपालीहरुलाई विदेशी नागरिक सरह गरेकोप्रति गैरआवासीय नेपालीले गुनासो गर्दै आएका छन् । यस विषयलाई पनि सम्बोधन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।