१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवैध उत्खनन् रोक्न बुटवल उपमहानगरले थाल्यो पहल


39
Shares

बुटवल । बुटवलको तिनाउ-दानव करिडोर निर्माणका क्रममा अवैध नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रणको पहल थालेको छ ।

करिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन् गर्दा राजस्व भुक्तानी नगरेको र नदीजन्य पदार्थको मनपरी उत्खनन् र ओसारपसार हुन थालेको पाइएपछि उपमहानगरले नियन्त्रणको पहल थालेको हो ।

बुटवल उपमहानगरपालिकाको अगुवाईमा सरोकारवालासहितको टोलीले अनुगमन गरी नदीजन्य पदार्थ प्रयोग गरेवापत् निर्माण कम्पनी राजस्वको दायरामा आउने, अवैध उत्खनन् र ओसारपसार रोक्ने निष्कर्ष निकालेको थियो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले राजस्वको दायरामा नआएको निर्माण व्यवसायीलाई राजस्वको दायरामा ल्याउने र निरन्तर अनुगमन तथा नियमन गर्ने निणर्य गरेको हो ।