१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


तामाङ समुदायले यसरी मनाए सोनाम ल्होसार (तस्बिरहरु)


39
Shares

काठमाडौं । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार सोनाम ल्होसार पर्व मनाएका छन् ।

काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लासपूर्णरुपमा सोनाम ल्होसार मनाएका हुन् ।

ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो । तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होसार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी समेत प्रदर्शन गरिएको छ ।

आजको दिन तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ । आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरु भएको छ ।

आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ ।