
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसहरुमा स्मरणशक्ति कमजोर भइरहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले उपकरणमा निर्भर हुँदा साना-साना कुराहरु पनि स्मरण गर्नसक्ने खुबी हराउँदै गएको बताउनुभयो ।
प्रविधिको उपलब्धीले मानिसमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रिय नै भएकाले मोर्डन लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको तर्क गर्नुभयो ।
अध्यक्ष ओलीले वेद मानवरचित नभइ दैविकदेन भएको बताउनुभयो । उहाँले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिएपनि कतिपय ऋचाहरु भने दैविदेन रहेको तर्क गर्नुभयो । अध्यक्ष ओलीले आयुर्वेद पनि ऋषिमुनिबाट थपिएपनि त्यो भन्दा अघि दैविक देनकै रुपमा आएको बताउनुभयो । उहाँले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको तर्क गर्नुभयो ।
अध्यक्ष ओलीले अरु देशको तुलनामा उपनिवेशिक समयदेखि नेपाल पछि परे पनि अब बढ्ने समय आइरहेको भन्दै नेपालको इतिहास प्रति गौरव गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्