२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बंगलादेशमा नयाँ राष्ट्रपति चयन गर्न आगामी फेब्रुअरीमा निर्वाचन हुने


78
Shares

एजेन्सी । बंगलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने आयोगका सचिव मोहम्मद जहाँगीर आलमले बताएका हुन्। बंगलादेशको संविधानले १ व्यक्तिलाई बढीमा २ कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेकाे छ ।

जसले गर्दा वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा सचिव आलमले बताएका छन् । राष्ट्रपति मिदको कार्यकाल २४ अप्रिलमा सकिने भएकाे छ ।

राष्ट्रपति निर्वाचनको कार्यतालिका छिट्टै घोषणा गरिने पनि सचिव आलमले जानकारी गराएका छन् ।