
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक साेमबार बस्ने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी धुम्बाराहीस्थित आफ्नो निवासमा साेमबार बिहान साढे ९ बजे पदाधिकारीको बैठक बाेलाउनुभएको हो । समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसका एक नेताले बताए ।
यहि माघ १५ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने तयारी गर्दै गर्दा संस्थापन इतर समूहले दवाव बढाउने रणनीति लिएपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको भएको बुझिएकाे छ । बैठकमा भ्रातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुने भएकाे छ ।
कांग्रेसमा अहिले १३ जना पदाधिकारी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्