
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
साेमबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटरमा पुगेर सभामुख घिमिरेले दाहालसँग भेटवार्ता गर्नुभएकाे हाे। साेही भेटवार्ता समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बालुवाटर स्रोतले जनाएकाे छ ।
नेकपा एमालेबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुभएका घिमिरे नेकपा माओवादी केन्द्र लगायत दलको समर्थनमा गत बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएकाे थियाे। सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहनु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्