२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडीमा नगरस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिता सुरु


26
Shares

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सोमबारदेखि नगरस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

दशरथचन्द नगरपालिकाले आयोजना गरेको प्रतियोगिता निङ्गलाशैनी खेलमैदानमा सुरु भएको हो ।

दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले महिलाहरुको क्रिकेट खेलतर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार र द्धितिय पुरस्कार १५ हजार रुपैयाँ रहेको दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।

भविष्यमा नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दले जानकारी दिनुभयो ।