
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा अदुवाको बीउ खरिदमा भ्रष्टाचार भएको खुलासा भएको छ।
गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारीसहित ६ जना कर्मचारीलाई २ करोड १४ लाख रुपैयाँ बराबरको अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालिन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी र तत्कालिन खरिदार सन्तोष कोइराला रहेका छन् ।
अदुवा खरिदका लागि दररेट तय गरेर नगरपालिकालाई गैरकानूनी रूपमा हानी पुर्याएको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख अधिकारीविरुद्ध १३ लाख रुपैयाँ बराबरको बिगो र जरिवाना माग गरिएको छ । त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाण्डे, तत्कालीन बाली विकास अधिकृत त्रिपाठी, तत्कालीन लेखापाल रेग्मी र तत्कालीन खरिदार कोइरालाले अदुवाको बीउ खरिद गरी भुक्तानीका लागि आदेश दिएको पाइएको छ । उनीहरूले पटक-पटक गरी २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको भुक्तानी दिएको पाइएको छ ।
त्यस्तै अदुवाको बीउ आपूर्तिकर्ता काठमाडौं तिनकुनेको स्पुक ट्रेडर्सका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध पनि २ करोड १० लाख ७० हजार ४ सय ९९ रुपैयाँ बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्