३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


अर्घाखाँचीमा भलिबल प्रतियोगिता सम्पन्न, श्रीनगर भलिबल संघ प्रथम


156
Shares

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भलिबल प्रतियाेगिता सम्पन्न भएको छ ।

भलिबल खेलप्रतिको घट्दो आकर्षण बढाउन र राष्ट्रिय खेलाडी उत्पादनका लागि आई लभ यु युवा समूह पाणिनी-२ ले साेही प्रतियाेगिताकाे आयोजना गरेको हाे। भलिबल खेलमा अर्घाखाँची बुलेटिनको समूहलाई पराजित गर्दै पाल्पाको श्रीनगर भलिबल संघले विजयी हासिल गरेको छ ।

फाइनल खेलमा पाल्पाले अर्घाखाँची बुलेटिनलाई विजयी भएको ३ सेटमा क्रमशः २५–१०, २५–२१ र १९–१७ ले पराजित गरेको हो । भलिबल खेलमा प्रथम पुस्कार १ लाख १ हजार १ सय ११ रूपैयाँ र द्वितीय हुनेलाई ६० हजार ६ सय ६६ रूपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै खेलमा पाणिनी स्पोर्टस एकेडेमीलाई पराजित गर्दै परिवर्तित युवा क्लब पाणिनी-५ मैदानले तृतीय भएको छ । तृतीयलाई ४० हजार ४ सय ४४ रूपैयाँ सहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरेको क्लबका अध्यक्ष लोकराज रसाईलीले बताउनुभयो । प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो ।

भलिबल पहाडी क्षेत्रमा निकै लोकप्रिय खेल हो । पछिल्लो समयमा यसको विकासमा कसैको ध्यान जान सकेको थिएन । त्यसलाई मध्ये नजर गर्दै आई लभ यु युवा क्लबले प्रतियोगिता आयोजना गरेकाे क्लबका अध्यक्ष रसाईलीले बताउनुभयाे ।