२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडीका हिमाली भू-भागमा हिमपातका कारण जनजीव प्रभावित


91
Shares

बैतडी । बैतडीकाे पहाडी र हिमाली भू-भागमा हिमपात कारण जनजीव प्रभावित भएकाे छ ।

बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासल गायतका उच्च लेकाली स्थानमा हिमपात पर्न थालेकाे स्थानीयवासी सुरेश महराले जानकारी दिनुभएकाे हाे। साेमबार रातिदेखि मौसममा बदली आएसँगै मंगलबार बिहानदेखि हिमपात पर्न थालेकाे हाे। अहिले यहाँ वर्षा र हिमपातका कारण चिसो समेत बढेको छ।

चिसोका कारण जनजीवन भने प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने र वृद्धवृद्धा बढी मात्रमा प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो कपडा लगाउन, झोलिलो कुराको सेवन गर्न र घरबाहिर ननिस्कन आग्रह गरिएको छ। यसैबीच वर्षा र हिमपात भएसँगै किसान भने खुशी भएका छन्।

खडेरीका कारण हिउँदे बाली सुक्न लागेकाे समयमा वर्षा र हिमपातले बाली नाली सप्रिने भन्दै खुशी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको सिगासका किसान दानसिंह बोहराले बताउनुभयो ।