२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


राष्ट्र बचाउन सबै दलहरु एकतावद्ध भएर अघि बढ्न रामचन्द्र पौडेलको आग्रह


117
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलहरुलाई एकतावद्ध भएर अघि बढन आग्रह गर्नुभएको छ ।

राष्ट्रलाई बचाउनका लागि सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढनुपर्नेे बेला आएको वरिष्ठ नेता पौडेलको भनाई थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरु एक ठाउँमा उभिएर अघि बढनुपर्ने तर्क गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले सत्ता राजनीतिको दवदवाले निष्ठाको राजनीति किनारामा पर्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । उहाँले वर्तमान संविधानमाथि देश भित्र र बाहिरबाट समेत प्रहार भईरहेको भन्दै त्यसलाई जोगाउन पनि कांग्रेस र कम्युनिष्ट दुवै शक्तिहरुले मिलेर अघि बढनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले रेमिटयान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाई मुलुकको समृद्धिमा योगदान दिने काममा ढिलाई गर्न नहुने पनि जोड दिनुभयो । राष्ट्र निर्माणका लागि पनि हरेक लगानी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने उहाँले बताउनुभयो ।