२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गुणस्तरहिन औषधि बिक्री वितरणमा रोक लगाइयोस् : सांसद गौतम


78
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहिन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताउनुभयो ।

उहाँले यस्तो गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको चेकजाँच गर्नुपर्ने बताउनुभयो । गुणस्तरहिन औषधिलाई बिक्री वितरण रोक्नुपर्ने उहाँले बताउनुभयो ।