
काठमाडौं । सोमबार दोहोरो अंकले करेक्सन आएको शेयर बजार मंगलबार सामान्य अंकले सकारात्मक रह्यो ।
तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से ८ अंकले सकारात्मक रही २१ सय ७३ कायम भएर थामियो । दिनभरजसो ओरालो लागेको शेयर बजार अन्तिम समयमा ८ अंकले बढेर बन्द भएको हो ।
मध्यान्ह दुई पटक नेप्से २१ सय ४० मा झरिसकेको थियो । यस दिन ३ अर्बको कारोबार भयो । उत्पादनमुलक, वाणिज्य बैंक, लगानी र सामूहिक लगानी कोष झिनो अंकले रातो रहेबाहेक बाँकी समूह हरियो रहे । वित्त समूहमा सबैभन्दा उच्च करिब ४ प्रतिशतको वृृद्धि आयो । बाँकी पनि बढीजसो समूह दोहोरो अंकले बढे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ४८ कम्पनीको ८३ लाख कित्ता शेयर ३ अर्ब ३२ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन सानिमा जिआईसी इन्स्योरेन्स, सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत बराबर कमाए ।
प्रतिक्रिया दिनुहोस्