१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशमा ११ वटा मन्त्रालय कायम रहने


91
Shares

हेटौंडा । बागमती प्रदेशका मुख्मयन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा ११ वटा मन्त्रालय कायम रहने बताउनुभएको छ ।

प्रदेशको मन्त्रालय घटाउन गठित कार्यदलको सुझाव सहितको प्रतिवेदन मंगलबार बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले ११ वटा मन्त्रालय कायम गर्ने बताउनुभएको हो ।

गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि गठित कार्यदलले मंगलबार प्रतिवेदन पेश गरेको हो ।

१५ दिनसम्म उक्त कार्यदलले प्रदेशको काम र व्ययभारका आधारमा ९ वा ११ वटा मन्त्रालय कायम गर्न सुझाव दिएको थियो । उहाँले यसअघि नै प्रदेशमा नेकपाको सरकार रहेको बेला ११ वटा मन्त्रालय कायम गर्ने तयारी भए अनुसार हाल सो निर्णयलाई अन्तिम रुप दिएको बताउनुभयो ।

उहाँका अनुसार प्रदेशको कुल सांसद संख्याको १० प्रतिशतका दरले अन्य प्रदेशमा मन्त्रालय कायम गरिएकाले सोही अनुसार बागमतीमा पनि ११ मन्त्रालय कायम गरिएको हो । बागमती प्रदेशमा ११० जना सांसद रहेका छन् । प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्दा १० प्रतिशतको दर हुन आउँछ ।

प्रदेशको कामतथा आर्थिक व्ययभारका आधारमा ११ वटा मन्त्रालय उपयुक्त हुने भएकाले सोही अनुसार मन्त्रिपरिषदबाट निर्णय गर्ने मुख्यमन्त्री जमरकट्टेलले बताउनुभयो ।