
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले विभिन्न सेवामा टाइम कार्ड लागु गरेको छ ।
सेवा सहज बनाउन तथा सेवामा समयप्रति देखिएको अन्यौलता हटाउन टाइम कार्ड लागु गरिएको कार्यालयले जनाएको छ ।
सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिकाको सहयोगमा मेसिन खरिद गरि टोकन सिस्टम लागु गरिएको छ ।
टोकन सिस्टमबाट कुन शाखाबाट कस्तो सेवा लिन सकिन्छ भनेर जानकारी पनि पाउन सकिने प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो ।
राहदानी र राष्ट्रिय परिचय पत्र बनाउनका लागि कर्मचारीले सहजीकरण गर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्