२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपतिको सम्बन्धमा समस्या हुँदैन : जनार्दन शर्मा


364
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद जनार्दन शर्माले राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या नहुने बताउनुभएको छ ।

मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपमहासचिव शर्माले राष्ट्रपतिको सम्बन्धमा गठबन्धनका दलहरुका बिचमा समस्या नहुने बताउनुभएको हो ।

उहाँले गठबन्धनमा मतभिन्नता भएपनि छलफल गरेर समाधान गर्न सकिने बताउनुभयो । उहाँले समस्याको समाधान हुने स्पष्ट पार्नुभयो ।

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ उहाँले सत्तारुढ गठबन्धनका नेताहरुका बीचमा असमझदारी नभएको बताउनुभयो । गठबन्धन आफ्नो उद्देश्यमा केन्द्रित रहेको उहाँले बताउनुभयो ।