४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


मनोज पाण्डे दोषी ठहर


16.471k
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मनोज पाण्डेलाई दोषी ठहर गरेको छ ।

सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको आरोपमा ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई अदालतले दोषी ठहर गरेको छ ।

मंगलबार न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि ८ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।