
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले केही समस्या भएमा निर्वाचन आयोगले समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रपति पदका लागि विपक्षी दलका नेताहरुले राष्ट्रिय सहमतिको कुरा गर्नु साँघुरो चिन्तन भएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रिय सहमति एजेण्डा र संवैधानिक प्रक्रियामा गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सहमतिलाई हल्का रुपमा नलिन आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्