२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


शेयर बजार झिनो अंकले घट्यो


13
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा बिहीबार झिनो अंकले घटेको छ ।

शून्य दशमलव ३५ अंकले घटेर २१ सय ८३ अंकमा थामिएको छ । नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटेको छ ।

बिहीबार २ सय ५४ कम्पनीको ७७ लाख कित्ता शेयरको २ अर्ब ८६ करोड बरारबरमा खरीदबिक्री भएको छ । बिहीबार १ सय १ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १ सय ७ कम्पनीको भने घटेको छ ।

बिहीबार कारोबारमा आएका समूह मिश्रित देखिएका छन् । जीवन बीमा र निर्जीवन बीमा १ अंकले वृद्धि भएको छ भने होटल तथा टुरिजम, जलविद्युत, लगानी र व्यापार समूहमा पनि १ अंक भन्दा कमले वृद्धि भएको छ । बाँकी समूहमा गिरावट आएको छ ।

बिहीबारको कारोबारमा लुम्बिनी जनरल इन्सुरेन्स, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, वाराही जलविद्युत र सूर्यज्योति लाइफ इन्सुरेन्सको सकारात्मक सर्किट लेबलमा कारोबार भएकोे छ भने समृद्धि फाइनान्सको ७ प्रतिशत, सप्तकोसी विकास बैंक, ग्रिन भेन्चर लिमिटेडको शेयर मूल्य ४ प्रतिशतले घटेको छ । बिहीबार समृद्धि फाइनान्सको सर्वाधिक कारोबार भएको छ जसको ९ करोड माथिको कारोबार भएको नेप्सेले जनाएको छ ।